अखिल अध्यक्षको प्रचण्डलाई प्रश्नः सरकारमा बसेर कसकोबिरुद्ध आन्दोलन ?

अखिल अध्यक्षको प्रचण्डलाई प्रश्नः सरकारमा बसेर कसकोबिरुद्ध आन्दोलन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालिन मुद्धमा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताए पछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कस्का बिरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका छन ।

‘प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नु हुन्छ, कसका बिरुद्ध ? आफैं बिरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षती पर्याप्त भएन र ?’ बडालले प्रश्न गरेका छन, ‘ ‘तपाइं सरकार चलाउनुस, राष्ट्रहित बिपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।