बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन

बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन् ।

सामाजिक सञ्जालवाट स्पष्टीकरण दिदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्टीकरण दिने त्रममा साे धारणा राखेका हुन् । ‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’

गत शुक्रवार सर्बोच्च अदालतले फौजदारी मुद्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्धा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क बिर्तक भईरहेको बेला माओवादी नेताहरुले हिजो त्यसको प्रतिबाद गरेका थिए भने सत्तारुढ ९ दलले जनयुद्धकालिन अर्थात संक्रमणकालिन मुद्धा अघि बढाउन सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरिसकेका छन् ।