बालुवाटारमा माओवादी घटकहरुको बैठक जारी

बालुवाटारमा माओवादी घटकहरुको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका नेताहरू भेला भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट बैठक बसिरहेकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड,नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला,नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत बैठकमा सहभागी छन् ।

संक्रमणकालिन न्यायको सबालमा परिस्थीति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरुको बैठक बसेको हो ।