सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आग्रह

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन आग्रह गरेको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन आग्रह गरेको हो।

द्वन्द्वपीडितको न्याय प्रदान गर्ने भनिए पनि १६ वर्ष पूरा भइसक्दा समेत सङ्क्रमणकालीन न्यायका कतिपय विषय टुङ्गोमा नपुग्नु चिन्ताको विषय भएको आयोगको ठहर छ।