राष्ट्रपति निर्वाचन: गठबन्धनका शीर्ष नेताद्धारा मतदान

राष्ट्रपति निर्वाचन: गठबन्धनका शीर्ष नेताद्धारा मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।

जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका माधव कुमार नेपालसहितका नेताहरुले मतदान गरेका छन् ।

आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् ।