राष्ट्रपति निर्वाचनमा सहभागी नहुने नेमकिपाको निर्णय

राष्ट्रपति निर्वाचनमा सहभागी नहुने नेमकिपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले निर्वाचनमा भाग नलिने निर्णय गरेको हो।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए। नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा तीन जना सांसद छन्।