दक्षिण भारतमा नेपाली दूतावासको सम्पर्क कार्यालय स्थापना गर्न लागि परेका अभियन्तामाथि दुर्व्यहार

दक्षिण भारतमा नेपाली दूतावासको सम्पर्क कार्यालय स्थापना गर्न लागि परेका अभियन्तामाथि दुर्व्यहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली दूताबासको सम्पर्क कार्यालय दक्षिण भारतमा स्थापनाका लागि परेका अभियन्तामाथि दुव्र्यहार भएको छ।

दिल्लीस्थित नेपाली राजदूतावासको सम्पर्क कार्यालय दक्षिण भारतमा स्थापना गरिदिन माग गर्दै दक्षिण भारतका नेपालीले हस्ताक्षर अभियान चलाएका थिए । तर हस्ताक्षर अभियान सञ्चालन गरि रहेका अभियान्तामाथि अखिल भारत एकता मञ्चका अध्यक्ष मोहन बमको टोलीले बिहीबार दुव्र्यवहार सहित हस्ताक्षर पुस्तिका केहि समयको लागि आफ्नो कब्जामा लिएको छ ।

गौरा पर्वदेखि अन्तर्राष्ट्रिय नेपाली समाज भारत कर्नाटक राज्यका संयोजक राजेश रावलको नेतृत्वमा सुरू भएको हस्ताक्षर अभियानमा १५० जनाको हस्ताक्षर संकलन भएको थियो ।

यसरी प्रवाशी नेपालीहरूलार्इ सहयोग गर्नुको साटो यसरी हस्ताक्षर पुस्तिका खोसेर नियन्त्रणमा लिएको भन्दै संयोजक रावलले दुःख व्यक्त गरेका छन् ।