एमाले अध्यक्ष ओलीले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई शुभकामना

एमाले अध्यक्ष ओलीले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहिवार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिएका हुन् ।

‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु,’ ओलीले बधाई दिदै भनेका छन् ।