उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठको पुगेन उमेर

उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठको पुगेन उमेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवारी बनाउने निर्णय गरेपनि श्रेष्ठको उमेर योग्यता नपुगेको देखिएको छ ।

नेपालको संविधान २०७२ अनुसार उपराष्ट्रपति हुन कम्तिमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । गत ४ मंसिरमा भएको निर्वाचनमा निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरण अनुसार उनको उमेर ३९ वर्ष मात्र पुगेको छ । तर, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन समबन्धी ऐनमा उम्मेदवार हुन ४५ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ ।

शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले बताएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।