प्रचण्ड र माधव नेपालले राजनीतिमा बेइमानी गरे : अध्यक्ष ओली

प्रचण्ड र माधव नेपालले राजनीतिमा बेइमानी गरे : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड,माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको आरोप लगाएका छन् ।अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेइमानी गरेको आरोप लगाएका हुन् ।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथ ग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्क समेत गरे ।

खेलाडीहरूलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरूले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोही अनुसारको अघि बढ्न खेलाडीहरूको ध्यानाकर्षण गराए ।

अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरू नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए। उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास समेत व्यक्त गरे ।