झलनाथ खनाल र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

झलनाथ खनाल र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’बीच भेटवार्ता भएको छ ।

आइतबार खनाल निवास डल्लुमा भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा कुराकानी भएको जनाइएको छ । त्यसक्रममा कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हाबी हुँदै गएप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् । भेटवार्तामा नेता खड्ग बहादुर विश्वकर्मा पनि सहभागी थिए ।

उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरुबीच एकताको सम्भावनाबारे कुराकानी भएको एक नेताले जानकारी दिए ।