नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज सपथ ग्रहण हुँदैछ। राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ कार्यक्रमको सपथको सम्पूर्ण तयारी सकिएको छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्।