पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो। पीएनजीले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा सहज जित निकाल्ने मौका छ ।

आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ । लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ ।