संघीयताविरुद्ध जनमोर्चाको देशव्यापी आन्दोलन घोषणा

संघीयताविरुद्ध जनमोर्चाको देशव्यापी आन्दोलन घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको छ । सत्तारुढ दल जनमोर्चाले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

पार्टीको फागुन २७ र २८ गते बुटवलमा सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आन्दोलनका कार्यक्रम तय गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘ बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ। चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ।’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । सो उपनिर्वाचनमा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ ।