काठमाण्डु – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार १० दलको बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको बैठकमा उपराष्ट्रपतिको निर्वाचन तथा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टी अध्यक्ष प्रभु शाहलगायत सहभागी छन्।




प्रतिक्रिया