जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय गर्ने

जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने तय भएको छ । बैठकले समानुपातिक सांसदबारे निर्णय गर्न बताइएको छ ।

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

सो निर्णयसँगै पार्टीको तर्फवाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ । जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।