शुक्रबार रास्वपाले बोलायो बैठक, उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने

शुक्रबार रास्वपाले बोलायो बैठक, उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो ।

बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने जनाइएको छ । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे औपचारिक निर्णय गरेको छैन ।

यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो । तर, उपराष्ट्रपतिको निर्वाचनमा भने गठबन्धनका उम्मेदवारलाई भोट नदिने रास्वपाले संकेत गरेको छ ।