काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दापनि साँठगाँठ प्रणालीमा चलेको ओलीको आरोप लगाएका छन् ।
शुक्रबार उपराष्ट्रपतिको चुनावमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले लोकतान्त्रिक सिस्टमभन्दा साँठगाँठ बढी भएको आरोप लगाएका हुन् ।
त्यस्तै कांग्रेससँग एमालेले २०८४ सम्म सहकार्य हुन्न भनी कांग्रेस महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिमाथि समेत ओलीले कटाक्ष गरे। ‘सहकार्य नै हुँदैन भनेर मैले कसम खाएको छैन। एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भन्नुभएको छ। उहाँहरुको यो कुराले उहाँहरुभित्र निकै ठुलो गडबडी होला। त्यही भएर भन्नुभएको हो कि।’ ओलीले कांग्रेससँगको सहकार्यबारे अहिले नै भन्ने बेला नभएको समेत बताए।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनको समर्थनमा जसपाका रामसहायप्रसाद यादव, एमालेको समर्थनमा अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको समर्थनमा ममता झा उम्मेदवार छन् ।




प्रतिक्रिया