संसद् भवनमा प्रधानमन्त्री प्रचण्ड,देउवा र माधव नेपालबीच विश्वासकाे मत लिनेबारे छलफल


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उनीहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्षनेतासँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement