प्रधानमन्त्री प्रचण्डलाई मत दिनेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक जारी

प्रधानमन्त्री प्रचण्डलाई मत दिनेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । प्रतिनिधिसभा बैठक अघि एमाले संसदीय दलको बैठक बसेको हो । संसद् भवनको ल्होत्से हलमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने की नदिनेबारे निर्णय गर्ने जनाइएको छ ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले आज पुनः विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिन आज दिउँसो १ बजेको कार्यसूची राखिएको छ ।