काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिने समय यति छिट्टै समय आउला भन्ने आफूले नसोचेको बताएका छन् । सोमबार संसदमा विश्वासको मत लिनेक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका हुन् ।
‘फेरि विश्वासको मत लिन यति छिट्टै समय आउला भन्ने सोचेकै थिइन । संसदसमक्ष अनुरोध गर्नुपर्छ भन्ने सोचेकै थिइन’ प्रचण्डले भने, ‘राजनीतिक प्रतिवद्धता सहित सरकार गठन गरेका थियौं । मैले मात्रै होइन सहयात्री सबै दलका साथीहरुले समेत संसदको स्थायत्वको बाचा गर्नुभएको थियो । प्रधानमन्त्री र मन्त्रीबीच न कुनै ठुला नीतिगत मतभेद देखिए । न कुनै कार्यशैलीगत मतभेद देखिएको थियो । क्याविनेट बैठक सधैं सहौर्दपूर्ण रहे ।’, उनले भने ।
त्यस्तै प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्ताव गरेपछि अचानक एमाले र राप्रपाका मन्त्रीले राजीनामा दिएको टिप्पणी गरेका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले आज पुनः विश्वासको मत लिनु परेको छ ।




प्रतिक्रिया