एमाले सहमति छोडेर भागेको माओवादीको आरोप

एमाले सहमति छोडेर भागेको माओवादीको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले एमालेले सहमति छोडेर भागेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत माग्ने क्रममा पौडेलले उक्त आरोप लगाएका हुन्।

‘हामी सहमतिका कुरा गर्छौँ। भएकालाई ठोक्दै हिन्ने, लखेट्दै हिन्ने अनि सहमति हुन्छ? क्याबिनेटबाट हट्नु होस् भनेर कतिखेर भन्नुभयो प्रधानमन्त्रीले? तपाईंहरु नै छोडेर भाग्ने?,’ पौडेलले भने,‘अनि, ठूला कुरा गर्ने?’

पौडेलअघि बोलेका नेकपा एमालेका विष्णु पौडेलले माओवादीले सहमति तोडेको आरोप लगाएका थिए। त्यसको जवाफमा देवेन्द्र पौडेलले एमाले नै सहमति तोडेको टिपप्णी गरेका हुन्।