नेपालको एकदिवसीय वरीयता सुधार

नेपालको एकदिवसीय वरीयता सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार १५ औं स्थानमा उक्लिएको छ ।

यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो । ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो । भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।