काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएकाे छ । चिनियाँ राजदूत सङले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।





प्रतिक्रिया