जनता तर्साउने काम नगर्न प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको आग्रह

जनता तर्साउने काम नगर्न प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनतालाई नतर्साउन आग्रह गरेका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना भएको थापाको भनाइ छ । ‘ मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुहोस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।’

मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।
प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि प्रहरीले ती युवाको मुख थुनेको थियो।