मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली – भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

सन् २०१९ मो प्रधानमन्त्री मोदीविरुद्ध दिएको उनको अभिव्यक्तिलाई लिएर अदालतको सो आदेश आएको हो ।