काठमाण्डु- नेकपा माओवादी केन्द्रलाई गण्डकी सरकारबाट बाहिरिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । गण्डकीमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
प्रचण्डको निर्देशनपछि यसबारे निर्णय गर्न शुक्रबार बैठक बोलाएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनासाथ नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए।
“प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे गठबन्धन दलको शीर्ष तहमा छलफल भइरहेको छ, एकरदुई दिनभित्रैमा त्यसको टुङ्गो लाग्ला”, उनले भने, “गण्डकीमा पनि माओवादीले सरकार छाडेर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अर्को सरकार बनाउने प्रक्रिया सुरु हुन्छ ।”
आठ प्रदेशसभा सदस्य (सभामुखसहित) रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ अहिलेको सरकार अल्पमतमा पर्छ । सरकारलाई माओवादीसहित एमालेका २२ र राप्रपाका दुई प्रदेशसभा सदस्यको समर्थन छ । साठी सदस्यीय प्रदेशसभामा राप्रपाले मात्र समर्थन फिर्ता लिँदा पनि सरकारले बहुमत गुमाउँछ ।




प्रतिक्रिया