काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’भनी प्रस्ताव प्रस्तुत हुनेछ।
संसद् सचिवालयकाअनुसार आजको बैठकले संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधनमा शोक प्रस्ताव पारित गर्ने छ। विमली २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका थिए । उनको चैत ७ गते निधन भएको थियो।




प्रतिक्रिया