काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी डा.अरुण शर्मालाई उपरथीकाे दज्र्यानी चिन्ह प्रदान गरेका छन्।
सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उपरथी डा. अरुण शर्मालाई उपरथीकाे दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
शर्मा चैत ६ गते उपरथीमा बढुवा भएका थिए । बढुवा भएका उपरथी डा.अरुण शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त भएका छन्।
त्यस्तै प्रधानसेनापति शर्माले सहायक रथी र महासेनानीमा बढुवा भएका २ सैनिक अधिकृतलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।




प्रतिक्रिया