कांग्रेसभित्र पूर्णबहादुरलाई रोक्न देउवा समुहकै नेता सक्रिय,प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री बनाउन लविङमा

कांग्रेसभित्र पूर्णबहादुरलाई रोक्न देउवा समुहकै नेता सक्रिय,प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री बनाउन लविङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दल नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व गर्नेमा विवाद देखिएको छ । कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का सरकारको नेतृत्व गरेर सरकारमा जानेमा भएपनि सभापति शेरबहादुर देउवा भने उनको नाममा सकरात्मक नभएको कांग्रेस स्रोत बताउंछ ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काउन आफुले महत्वपूर्ण भुमिका खेलेको भन्दै खड्का अर्थसहित सरकारको नेतृत्व गर्न आफुले पाउनुपर्ने अडानमा छन् । तर, देउवा भने नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा पठाउनेमा देखिएको स्रोत बताउंछ ।

कांग्रेस उपसभापति खड्काले बाहिर आफु सरकारमा जान इच्छुक नभएको सार्वजनिक अभिव्यक्ति दिएपनि भित्र भित्रै जसरी पनि सरकारको नेतृत्व गर्न अग्रसर देखिएका छन् । त्यसका लागि उनले कांग्रेस सभापति देउवालाई भेटेर आफुले अर्थशास्त्रमा मास्टर गरेको भन्दै अर्थमन्त्री दिन आग्रह गरेको स्रोत बताउंछ ।

स्रोतले दिएको जानकारीअनुसार सभापति देउवाले खड्कालाई अर्थतन्त्रको अवस्था खराव रहेको र विश्व वैंक, आइएमएफजस्ता अन्र्तराष्ट्रिय संघ संस्थाले पनि सहयोग नगर्ने भन्दै अर्को मन्त्रालयमा जान आग्रह गरेका छन् ।

सभापति देउवा सकरात्मक नभएपछि खड्काकै आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहालले समेत खड्कालाई अर्थसहित सरकारमा पठाइदिन आग्रह गरेको स्रोतले बतायो ।

प्रधानमन्त्रीको सिफारिसप्रति सभापति देउवा र उनकी पत्नी आरजु राणा असन्तुष्ट बनेकी छन् । प्रधानमन्त्री दाहाललाई सभापति देउवाले भेटेर आफ्नो पार्टीबाट कसलाई मन्त्री सिफारिस गर्ने भन्ने अधिकार आफुसंग रहेको भन्दै नखेल्न चेतावनी दिएको देउवा निकट स्रोतले बतायो ।

देउवाको सचिवालयले समेत प्रधानमन्त्रीकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाललाई समेत उक्त सन्देश पठाइसकेको छ । दाहाल, नेपाल र देउवाबीचको बैठकपछि समेत खड्काले सभापति बाहेकका दुवै नेतालाई टेलिफोन गरेर देउवाको भनाई बुझ्न खोजेका थिए । सभापति देउवाले अर्थमा महतलाई पठाउने जानकारी दिएका थिए ।

कांग्रेस सभापति देउवाले सरकारको नेतृत्वमा खड्कालाई दिन सकिने तर अर्थ दिन नसकिने बताउने गरेका छन् । उनले पार्टी प्रवक्ता प्रकाशरण महतलाई अर्थमा बचन दिइसकेको भन्दै खड्कालाई अरु मन्त्रालय लिन भनेका छन् । खड्कालाई रक्षा वा परराष्ट्र रोज्न भनेपति उनि असन्तुष्ट बनेका छन् । तर, खड्का यसपटक रक्षा वा परराष्ट्र पाए पनि सरकारमा जानेमा इच्छुक देखिएका छन् ।

सभापति देउवा निकट भनेर चिनिएका खड्का अर्थमन्त्री बने शक्तिशाली हुने र पछि पार्टी सभापतिको लागि तयारी गर्न सक्ने भन्दै उनलाई रोक्न देउवा निकटकै दबाव छ । त्यतिमात्र हैन विदेश शक्ति केन्द्र समेत उनलाई रोक्नमा सक्रिय छन् । खड्कासंग सभापति देउवा पत्नीको समेत सुमधुर सम्बन्ध नभएको कांग्रेस वृतमा चर्चा छ ।

सभापति देउवाले आफुलाई अर्थ दिन नखोजेको बुझेका खड्काले माओवादीलाई अर्थ दिएर आफु गृहमा जाने प्रयास समेत गरेका छन् । त्यसो गरे अर्थमा शक्ति बस्नेत आउने सम्भावना छ ।

कांग्रेसभित्र खड्कालाई सरकारको नेतृत्वमा पठाए पार्टीको वरियतामा दोस्रो नम्बरमा नेता शेखर कोइरालालाई ल्याउने डिजाइन सुरु भएको छ । सभापति देउवाले सुरुमा कोइरालालाई नै सरकारको नेतृत्व लिन सुझाएपनि उनले अस्विकार गरेको स्रोत बताउंछ ।

कांग्रेस सभापति देउवा पत्नी आरजु भने यसपटक मन्त्री नहुनेमा छिन् । उनलाई परराष्ट्रमा जान निकटस्थहरुले सुझाव दिएपनि उनि सरकारको भविष्य र भारतसंगको सम्बन्धलाई लिएर अहिले नजाने पक्षमा रहेको स्रोत बताउंछ । भारतले यसपटक सीमा विवाद समाधान गर्न सरकारलाई दबाव दिइरहेको छ । यो अवस्थामा परराष्ट्रमन्त्री हुंदा विवादमा पर्ने उनको विश्लेषण छ ।

कांग्रेसभित्र सरकारको नेतृत्व, महत्वपूर्ण मन्त्रालयमा मन्त्री बन्न हानाथाप भएसंगै सरकार विस्तारमा समेत ढिलाई भएको छ । कांग्रेस सभापति देउवाले समानुपातिकबाट सांसद बनेका महतलाई अर्थमा सारेपछि उनि निकट नेताहरुले असन्तुष्टि जनाएका छन् ।

महत यसअघि परराष्ट्र र उर्जाजस्ता महत्वपूर्ण मन्त्रालयमा मन्त्री भएका थिए । महत कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई पछि देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेर अहिले प्रवक्ता बनाएका छन् ।

कांग्रेसमा खड्कालाई मात्र होईन त्यही समुहले नै प्रभावशाली नेता एनपी साउंदलाई रोकेर विरवहादुर बलायरलाई मन्त्री बनाउन लविङ सुरु भएको छ । तर, साउंदलाई उद्योगमन्त्री दिने वचन सभापति देउवाले दिइसकेका छन् ।

कांग्रेसबाट सभापति देउवाले सिता गुरुङ,मोहन वस्नेत, धनराज गुरुङ,दीपक खड्का, किशोरसिंह राठौर,रमेश रिजाल,डिगबहादुर लिम्बू र जीवन परियारमध्येबाट मन्त्री बनाउने तयारी गरेका छन् ।