बालुवाटारको वार्तालगत्तै एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

बालुवाटारको वार्तालगत्तै एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । मंगलबार दिउसो बस्ने गरी नेकपा एसले सचिवालयको बैठक बोलाएका हो ।

आज बिहान नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । बालुवाटारको भेटवार्ता लगत्तै नेकपा एसले बैठक बोलाएको हो ।

नेकपा एसले प्रचण्ड सरकारमा तिन मन्त्रालय पाउनुपर्ने अडान रोखको छ । तर, प्रधानमन्त्री प्रचण्ड भने नेकपा एसलाई दुई मन्त्रालय दिने तयारीमा छन् ।