दुई मन्त्रालयमा चित्त बुझाउन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह

दुई मन्त्रालयमा चित्त बुझाउन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो अडानबाट पछि हट्न आग्रह गरेका छन् ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष माधव नेपाल शीर्ष नेतासहित बालुवाटार पुगेका थिए ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीले तिन मन्त्रालय पाउनुपर्ने माग राखे । तर, प्रधानमन्त्री प्रचण्डले भने माधव नेपाललाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गरेका छन् ।

सत्ता गठबन्धनमा भागबण्डा मिलाउँदा नेकपा एसलाई तिन मन्त्रालय दिन नसकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । बालुवाटारमा नेकपा एसका शीर्ष नेताहरुले आफूहरुले तिन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखे पछि प्रचण्डले सकेसम्म कासिस गर्ने आश्वासन दिएको जनाइएको छ । सत्ता गठबन्धनमा सहमति जुटे बुधबार सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।