प्रधानमन्त्री प्रचण्डको आग्रहलाई टेरेनन् माधव नेपालले, आफ्नो अडानबाट पछि नहट्ने

प्रधानमन्त्री प्रचण्डको आग्रहलाई टेरेनन् माधव नेपालले, आफ्नो अडानबाट पछि नहट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनको बैठकमा तिन मन्त्रालयमा दाबी गर्ने निर्णय गरको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आफूहरूले दाबी गर्दै आएका तीन मन्त्रालयबाट पछि नहट्ने निर्णय गरेको हो ।

आज मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । उक्त बैठकमा नेकपा एसले तिन मन्त्रालयमा दाबी गर्ने भएको हो । आज बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।

बालुवाटारको भेटवार्तामा माधव नेपालले प्रधानमन्त्री प्रचण्डललाई आफ्नो पार्टीको भागमा तिन मन्त्रालय लगाउन माग गरे । तर, प्रधानमन्त्री प्रचण्डले भने माधव नेपाललाई दुई मन्त्रालयमा चित्त बुझाउन आग्रह गरे ।

त्यसलगत्तै माधव नेपालले पार्टीको सचिवालय बैठक बोलाए । सो बैठकले प्रधानमन्त्री प्रचण्डको आग्रहलाई बेवास्ता गर्दै तिन मन्त्रालयमा दाबी गर्ने निर्णय गरेको छ ।