राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशिल र महत्वपुर्ण रहेको छ :प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशिल र महत्वपुर्ण रहेको छ :प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशिल र महत्वपुर्ण रहेको बताएका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा दाहालले उक्त कुरा बताएका हुन् ।

उनले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशिल र महत्वपुर्ण रहेको उल्लेख गर्दै विश्व परिवेशमा भईरहेका घटनाहरुको कारण क्रमिक रुपमा आईरहेको परिवर्तन, अन्तराष्ट्रिय एवं क्षेत्रिय रुपमा उदियमान शक्ति राष्ट्रहरु, सुचना एवं प्रविधिको आकासिदो विकासक्रमको साथसाथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको बताए।

उनले नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै वहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नु पर्ने आवश्यकता रहेको समेत बताए ।

त्यस्तै सहभागी शिक्षार्थीहरुलाई बधाई दिँदै प्रधानसेनापति प्रभुराम शर्माले यो तालिम सुरक्षित र समुन्नत नेपाल निर्माणमा विभिन्न निकायहरु बिच हुनुपर्ने सहकार्य, समन्वयात्मकता र एकिकृत प्रयास अभिवृद्धिको आवश्यकता बोध गराउन सफल भएको बताए ।

उनले तालिमको दौरान सहभागीहरुको पृथक अनुभव र मौलिक विचार आदान प्रदानले राष्ट्रिय सुरक्षा जस्तो गहन विषयमा साझा धारणा विकसित भएको र आगामी दिनहरुमा यस तालिमले देशको सुरक्षामा ठोस निर्णय लिँदा सहयोगी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे।

वि.सं.२०७२ सालबाट शुरु भएको यस तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, विश्वविद्यालय, सञ्चार माध्यम लगायत सरकारी र गैर सरकारी निकायका वरिष्ठ अधिकारीहरु गरी जम्मा ३० जनाको सहभागिता रहेको थियो ।

हालसम्म १९६ जनाले यो तालिम हासिल गरि सक्नु भएको छ । आजको समापन समारोहमा विभिन्न मन्त्रालयका सचिवहरु, बलाधिकृत, बलाध्यक्ष, सुरक्षा निकायका प्रमुखहरु, त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारका पदाधिकारीहरु,अतिथि वक्ताहरु एवं नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।