काठमाण्डु- सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भागबण्डा टुंग्याउनका लागि बसेको १० दलको बैठक बिनानिर्णय सकिएको हो ।
कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३-३ तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले २ मन्त्रालयमा दाबी गरेपछि निर्णय हुन नसकेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
बैठक बुधबार बिहान ९ बजे फेरि बस्नेछ ।




प्रतिक्रिया