काठमाण्डु- सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भागबण्डा टुंग्याउनका लागि बसेको १० दलको बैठक बिनानिर्णय सकिएको हो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो अडान कायमै राखेपछि आज बसको बैठकमा भागबण्डाबारे सहमति जुट्न सकेन । माधव नेपालले आफ्नो पार्टीले ३ मन्त्रालय पाउनुपर्ने माग राखेका छन् ।
हिजो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई दुई मन्त्रालयमा चित्त बुझाउन आग्रह गरे । त्यसलगत्तै माधव नेपालले पार्टीको सचिवालय बैठक बोलाए । उक्त बैठकले आफ्नो अडानबाट पछि नहट्ने निर्णय गरेको थियो ।
आज बसेको बैठकमा पनि माधव नेपाल आफ्नो अडानबाट पछि हटेनन् । माधव नेपालले अटेर गरेपछि प्रधानमन्त्री प्रचण्ड उनीसँग अहिले वान टु वान वार्ता गरिरहेका छन् ।




प्रतिक्रिया