कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिएपछि पुन शुक्रबार विश्वासकाे मत लिन लागेका हुन्।

उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए । प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भए बमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो ।

मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा दुई बमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा के होला ? भन्ने चिन्ता र चासो बढन थालेको छ । यहाँ नेकपा एमालेले भने समर्थन फिर्ता लिएको छैन ।