मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड,नयाँ मन्त्रीकाे सपथ आजै

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड,नयाँ मन्त्रीकाे सपथ आजै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीबार)  मन्त्रिपरिषद् विस्तार गर्दैछन्। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय संख्या भागबन्डाको टुंगो लागेसँगै आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेकाे जनाउँदै बिहिवार अपरान्ह सपथ ग्रहण गराउने गरी भागवन्डा टुंगिएको हो ।

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

सो सहमतिपछि प्रचण्ड सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउनका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने नेकपा एकीकृत समाजवादीले बुधवार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वालालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने तीनवटा मन्त्रालय पाउनु पर्ने जनाउँदै तीनवटा मन्त्रालय नदिएमा नाम सार्वजनिक नगर्ने जनाएका छन ।