काठमाण्डु – नयां मन्त्रीहरुको सपथ आजै ४ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डलको विस्तार आजै गर्ने तयारी गरेका हुन् । नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व गर्ने भएका छन् । उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्थमा भने प्रकाशशरण महत जांदैछन् ।
माओवादीबाट गृहमा नारायणकाजी श्रेष्ठको सम्भावना बढेको छ । उर्जामा शक्ति बस्नेतलाई पठाउने तयारी छ । दुवै नेताको मन्त्रालय समेत सांटिन सक्ने बताइन्छ ।
भौतिक मन्त्रालयमा एकीकृत समाजवादीका प्रकाश ज्वाला र शिक्षामन्त्रीमा वेदुराम भुसालको नियक्ति हुन लागेको स्रोत बताउंछ ।




प्रतिक्रिया