कांग्रेसबाट चितवन २ मा श्रेष्ठ र तनहुँ १ मा भट्टराई चुनावी मैदानमा उत्रिने

कांग्रेसबाट चितवन २ मा श्रेष्ठ र तनहुँ १ मा भट्टराई चुनावी मैदानमा उत्रिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको हो ।

जसअनुसार चितवन २ मा जीत नारायण श्रेष्ठ र तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई चुनावी मैदानमा उत्रिने भएका छन् । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र चितवन २ बाट निर्वाचित रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुदैँछ ।