प्रधानमन्त्री प्रचण्डको आश्वासन- चितवनको क्रिकेट रंगशालाको समस्या दुई हप्ताभित्र समाधान हुन्छ

प्रधानमन्त्री प्रचण्डको आश्वासन- चितवनको क्रिकेट रंगशालाको समस्या दुई हप्ताभित्र समाधान हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेर आजै शपथ गर्ने तयारीमा आफू रहेको बताएका हुन् ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । यदि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ ।’, उनले भने ।

त्यस्तै उनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने दाबी गरे ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन ।