बारा २: उपेन्द्र यादवलाई रोक्न लोसपाबाट राजेन्द्र महतो चुनावी मैदानमा उत्रिने

बारा २: उपेन्द्र यादवलाई रोक्न लोसपाबाट राजेन्द्र महतो चुनावी मैदानमा उत्रिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले राजेन्द्र महतोलाई बारा २ मा उपचुनावका लागि उम्मेदवार बनाउने भएको छ । गत वैशाख १० गते हुन लागेको उपचुनाव अन्तर्गत बारा २ मा लोसपाबाट नेता महतो चुनावी मैदानमा उत्रिने भएका हुन् ।

महतो गत मंसिर ४ गते भएको संघीय चुनावमा सर्लाही २ मा पराजित भएका थिए । धनुषा ३ छाडेर सर्लाही २ बाट चुनाव लडेका राजेन्द्र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवसँग २ हजार ११ मत अन्तरले पराजित भएका हुन् ।

अब उपचुनावमा भने लोसपाले महतो विजयी हुने दाबी गरेको छ । बारा २ बाट जनता जसमाजवादी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि चुनाव लड्ने भएका छन् । संसद छिर्नबाट यादवलाई रोक्ने लोसपाको रणनीति छ । यादव पनि गत मंसिरमा भएकाे चुनावमा पराजित भएका थए ।

त्यस्तै सोही क्षेत्रबाट सीके राउत नेतृत्वको जनमत पार्टीले शिवचन्द्र प्रसाद कुसवाहलाई उम्मेदबार बनाउने घोषणा गरेको छ । अब वैशाखमा हुने उपचुनाव अन्तर्गत बारा २ मा महतो, यादव र कुसवाहबीच भिड्न्त हुने भएको छ ।

जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बने पछि रिक्त बारा-२ मा पनि बैशाख १० गते उपनिर्वाचन हुन लागेको छ।