आरजु-देउवाको हेपाइ सहन नसकेर कांग्रेस छाडे स्वर्णिम वाग्लेले, रास्वपाबाट तनहुँ १ मा उपचुनाव लड्ने तयारी

आरजु-देउवाको हेपाइ सहन नसकेर कांग्रेस छाडे स्वर्णिम वाग्लेले, रास्वपाबाट तनहुँ १ मा उपचुनाव लड्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । उनले इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्। वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

वाग्लेले कांग्रेस नेताहरुलाई पत्र लेखेर कांग्रेस छाडेको जानकारी गराएका छन्। पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बाबजुद आरजु गिरोह (सभापति शेरबहादुर देउवापत्नि आरजु राणा देउवा) को हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छन् ।

उनले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भएकाले आस्मिक निर्णय गरेको बताएका छन् । उनी अब रवि लामिछाने नेतृत्वको रास्वपाबाट वैशाख ३० गते हुने उपचुनाव अन्तर्गत तनहुँ १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् ।