नापी कार्यालय बुढानीलकण्ठका सर्वेक्षक २५ हजार घुस सहित पक्राउ

नापी कार्यालय बुढानीलकण्ठका सर्वेक्षक २५ हजार घुस सहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय बुढानीलकण्ठका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरलाइ २५ हजार रुपैयाँ घुसहित रंगेहात गरेकाे छ।

आयोगको टोलीले  जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस लिइरहेकाे अबस्थामा पक्राउ गरेकाे हाे । घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।