काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भीम रावल पार्टी विरुद्ध लागेको आरोप लगाएका छन् ।
शुक्रबार मिसन ग्रासरुट अभियानका क्रममा धनगढीमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले रावल पार्टी विरुद्ध लागेकाले नसिच्चए उचित निर्णय लिने बताएका हुन्।
पौडेलले भने, ‘भीम रावलजीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन। उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। उहाँले आफ्ना गल्ती स्वीकार गर्नुपर्छ। आत्मालोचना गर्नुपर्छ। नसच्चिए पार्टीले उचित निर्णय लिन्छ।’ उनले अहिलेको गठबन्धन सरकार लामो समय रहन नसक्ने जिकिर समेत गरे ।
अहिलेको सरकार जनविरोधी भएको भन्दै पौडेलले भने, ‘यो सरकारको भविष्य छैन ।’




प्रतिक्रिया