सम्मानजनक सहभागिता नगराए मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय

सम्मानजनक सहभागिता नगराए मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने भएका छन् ।

शुक्रबार बिहान बसेको कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले आफ्नो समूहलाई सम्मानजनक सहभागिता नगराएसम्म मन्त्रीको नाम नदिने भएका छन् ।

गठबन्धनमा ८ मन्त्रालय पाएको कांग्रेसमा डा. शेखर कोइराला समूहले ३ मन्त्रालय माग गरेको थियो। तर पार्टी सभापति शेरबहादुर देउवाले शेखर समूहलाई २ वटा मन्त्रालयमात्र दिने भएपछि नाम नपठाउने निर्णय गरेको हो।

नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बन्द्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए । ‘सम्मानजनक सहभागिता नहुने हो भने हामीले मन्त्रीको नाम पठाउँदैनौँ । यसबारे सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइसकेका छौँ,’ परियारले भने ।