रास्वपाले स्वर्णिम वाग्लेलाई वरिष्ठ उपाध्यक्ष बनाउने

रास्वपाले स्वर्णिम वाग्लेलाई वरिष्ठ उपाध्यक्ष बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि गृहकार्य थालेको छ । नेपाली कांग्रेस पार्टी परित्याग गरेका अर्थविद डा.वाग्लेलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

वाग्लेले बिहीबार रास्वपाको सदस्यता लिएका थिए। हिजाे दिउँसो मात्रै उनले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए। वाग्ले रास्वपाबाट तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन लड्ने तयारीमा छन्।

उनलाई वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनको टिकट केही दिनमै दिने निर्णय रास्वपाले गर्ने भएको छ।वाग्लेले बिहीबार अपरान्ह रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका थिए।

त्यसपछि डिजिटल फर्म भरेर पार्टी सदस्यका आवेदन दिएका थिए। आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो। कांग्रेसमा संस्थापन इतरनिकट वाग्लेले सभापति शेरबहादुर देउवा र पत्नी आरजुको हेपाहा व्यवहारका कारण पार्टी छाड्नुपरेको बताएका थिए।