काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल सबभन्दा ठुलो बन्ने दाबी गरेका छन् ।
१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा चाँडै रास्वपा सबैभन्दा ठुलो दल बन्ने दाबी गरेका हुन् ।
‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो ।’, उनले भने । सभापति लामिछानेले डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई यो उपनिर्वाचनमा हार्ने छुट नभएको बताएका छन्।
‘यो उपचुनावमा तपाईंहरूलाई मुलुकका लागि हार्ने छुट छैन। स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना देशले गर्न सक्दैन। राजनीतिक स्वार्थका रोटी सेक्न आउनु भएको होइन,’ उनले भने।
त्यस्तै रविले सरकारमा सहभागि हुने या नहुनेबारे उपचुनावपछि मात्र निर्णय गर्ने बताए । यसभन्दा अघि व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको उनको भनाइ छ ।




प्रतिक्रिया