एनपी साउंद परराष्ट्रमन्त्री बन्दै, मोहन बस्नेतलाई स्वास्थ्य मन्त्री बनाउने तयारी

एनपी साउंद परराष्ट्रमन्त्री बन्दै, मोहन बस्नेतलाई स्वास्थ्य मन्त्री बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता एनपी साउंद परराष्ट्रमन्त्री बन्ने भएका छन् । कंचनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित साउंद यसअघि सिंचाईमन्त्री बनेका थिए ।

देउवा निकट नेता साउंद नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् । उनि सुरुमा शहरी विकासमन्त्री बन्ने तयारीमा थिए । तर, शहरीमा सिता गुरुङलाई पठाएपछि साउदलाई परराष्ट्रमा पठाउने तयारी छ ।

कांग्रेसबाट मोहन वस्नेत स्वास्थ्य, धनराज गुरुङ कानुन र खानेपानीमा डिक लिम्बुलाई मन्त्री बनाउने तयारी छ । शहरीमा नेता शेखर कोइराला समुहबाट एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको कांग्रेस स्रोत बताउंछ । उनिहरुको सोमबारभित्र सपथ गराउने तयारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता कोइरालाबीच सरकारमा पठाउने मन्त्रीहरुको बारेमा सहमति भइसकेको स्रोत बताउंछ ।

कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले प्रदिप पौडेललाई स्वास्थ्यमन्त्रीमा पठाउन सभापति देउवालाई दबाव दिएपनि त्यसमा सहमति हुने सम्भावना कम रहेको कांग्रेस स्रोत बताउंछ ।