काठमाण्डु- सत्तासाझेदर दल नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवारलाई सघाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट साे निर्णय गरिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ । सत्ता गठबन्धनका तर्फबाट पनि उनी साझा उमेदवार बन्ने तयारी छ ।




प्रतिक्रिया